क्रिकेटखेल

टी २० विश्वकप सुपर ८ : इङल्याण्डद्वारा वेस्ट इण्डिज पराजित

अमेरिका र वेस्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप २०२४ को सुपर ८ अन्तर्गत सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

सुपर ८ को पहिलो वेस्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इङल्याण्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।

लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एकएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६र३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इङल्याण्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए । वेस्ट इण्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर ८ मा आइपुगेको थियो ।

इङल्याण्ड र वेस्ट इण्डिज सुपर ८ को समूह २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका रहेका छन् । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.