जन सरोकार

सहकारीको झण्डै ३७ अर्ब अपचलन, ६९ हजार निवेदन (भिडियो)

मुलुकको आर्थिक विकासमा ग्रामीण अर्थतन्त्र निकै महत्वपूर्ण मानिन्छ । ग्रामीण क्षेत्रका जनताको जीवनस्तर सुधार गर्दै उत्पादन बढाउन लगानी आवश्यक हुने र त्यसको मूल आधार सहकारी हो ।

तर, नेपालमा सहकारी गरीब जनता ठग्ने संस्थाका रुपमा स्थापित हुन थालेका छन् । अर्बौं अर्ब रुपैयाँ सहकारी संचालकले ठगेर वेपत्ता भएका छन् भने यो ठूलो राजनीतिक मुद्दा समेत बनिरहेको छ ।

सहकारी पीडितहरुका समस्या समाधानमा भन्दा सहकारीको नाममा सरकार कमजोर पार्ने खेल उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा प्रश्नोत्तरमा भाग लिंदै प्रधानमन्त्री प्रचण्डले प्रारम्भिक अध्ययनबाट सहकारीको झण्डै ३७ अर्ब रुपैयाँ अपचलन भएको जानकारीमा आएको बताउँदै यो समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

त्यसै गरी प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ६९ हजार जनाबाट मागदावी निवेदन दिएको जानकारी दिंदै अहिलेसम्म ७७ करोड, २४ लाखभन्दा बढी रुपैयाँ फिर्ता गरिएको पनि जानकारी दिनुभयो ।

सहकारीका विषयमा प्रधानमन्त्री प्रचण्डको भनाई

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.