जन सरोकार

जब ट्रक चालकले सडकमा भेटिएको पैसा सम्बन्धितलाई बुझाइदिए

तनहुँको म्याग्दे गाउँपालिका–३ पसले निवासी मालबाहक गाडीका चालक चेतबहादुर चदारोले सडकमा भेटाएको पैसा आइतबार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । दमौलीबाट छिमेकी जिल्ला लमजुङतर्फ मौरी लिएर जाँदै गरेका चालक चदारोले व्यास नगरपालिका–७ स्थित दुलेपानी नजिक पैसा राखेको पर्स भेटाएपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नुभएको हो ।

व्यास नगरपालिका–७ स्थित सत्रसयबाट मोटरसाइकलको लेगार्डमा झोला राखेर कलेस्ती बजारतर्फ जाँदै गर्दा झोला खसेर हराएको अस्मिता शाहीले जानकारी दिनुभयो । झेलामा नगद, मोबाइल र सुनका औंठीसहित करीब रु एक लाखबराबरको नगद तथा जिन्सी हराएकाले पाउने आशै मारिसकेको उहाँले बताउनुभयो ।

“इमान्दार व्यक्तिको हातमा फेला परेकाले धन्न पाइयो”, उहाँले भन्नुभयो, “समाजका सबै मानिसहरू बेइमानी हुँदैन् भन्ने कुराको प्रमाणित भएको छ ।”

हराएको पैसा भेटाएर लुकाउने प्रवृत्ति समाजमा अझै पनि रहेको पाइन्छ । कसैको चित्त दुखाएर क्षणिकमा रमाउनु गलत कार्य भएकाले फोन गरेरै शाहीलाई आफूले पाएको झोला प्रदान गरेको चालक चदारोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.