जन सरोकार

आइतबार विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय घटाए पनि सो विदाले पेट्रोलको पखमा अपेक्षा अनुसारकै कमी आएको आयल निगमले बताएको छ ।

नेपाल आयल निगमले सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको हो ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिनुभयो ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ ।

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.