कला/मनोरन्जनकलिउड

‘भलो नगर्नु बदनाम भइन्छ, अपराध गर्नेको इतिहास लेखिन्छ…’ (भिडियो सहित)

लोकप्रिय गायक आनन्द कार्की र मिलन नेवारको गजल मिश्रित एउटा गीत भुलेर नगर्नुको अन्तराको अंश छ भलो नगर्नु बदनाम भइन्छ, अपराध गर्नेको इतिहास लेखिन्छ ।

निकै लोकप्रिय यो गीतको हालै म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भाव अनुसारको दृश्य र कलाकारहरुको अभिनयले दमदार बनाएको यो गीत हेर्दा आधुनिक समाजको एउटा चित्र नै सार्वजनिक हुन्छ ।

मकवानपुरको थाहा नगरपालिकाको चित्लाङस्थित ओम अध्याय रिसोर्टका सुन्दर दृश्यहरुमा छायांकन गरिएको प्रस्तुत गीतको भिडियोमा रामहरि खड्का, उशा उप्रेती र स्मृति श्रेष्ठको मार्मिक अभिनय गरेका छन् ।

लकडाउनको समयमा मानसिक तनावबाट मुक्त हुन सांगीतिक क्षेत्रमा होमिएर गीति चलचित्रमा अभिनयमा सक्रिय रामहरिले यो गीतमा दमदार अभिनय गरेका छन् भने व्यावसायिक मोडलहरुको अभिनय पनि उत्तिकै मर्मस्पर्शी छ ।

म्यूजिक भिडियोहरुको बजारमा बेग्लै प्रकारको गीत र त्यसको भाव अनुसारको दृश्याङ्कन गर्न रुचाउने मोडल रामहरिले आफ्नै यूटुब च्यानल रोनिश एण्ड ड्याडबाट सार्वजनिक गरेका हुन् ।

गोविन्द कुइकेलको शब्द शिखर सन्तोषको संगीत, गोपाल रसायलीको एरेन्ज रहेको गीतलाई किशोर थापाको मिक्सिङ रहेको गीतको निर्देशन सोयाेन श्रेष्ठले गरेका छन् भने छायाङ्कन चक्रबहादुर बराल, सम्पादन निर्मल न्यौपाने र श्रृङ्गार अनिता ग्वाछा र निरु मानन्धर खड्काको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button