राजनीति

बालेनको चुनाव खर्च तीन लाख ९४ हजार ४८९ रुपैयाँ (हिसाब सहित)

स्थापित राजनीतिक दलका स्थापित नेताहरुलाई पाखा लगाउँदै काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र (बालेन) साहले ४ लाखभन्दा कम खर्चमा विजयी बनेको विवरण सार्वजनिक गर्नुभएको छ ।

सोमबार स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्ने क्रममा ठूला दलहरुलाई उछिन्दै बालेनले स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।

खर्च विरणमा मतगणनाको ढिलाईले एक लाखभन्दा बढी खर्च भएको पनि बालेनले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।

त्यस्तै उहाँले खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने भए पनि विभिन्न कारणहरुले केही ढिलो भएकोमा माफी पनि माग्नुभएको छ ।

खर्च विवरण सार्वजनिक गर्दै उहाले उहाँले लेख्नुभएको छ, ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.