राजनीति

नेवानिका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्रीको अडियो सार्वजनिक गरेपछि

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नै तालुकदार मन्त्रीसँग भएको कुराकानीको अडियो सार्वजनिक गरेपछि सरकारले निलम्बन गरेको बताएको छ ।

केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री प्रेमबहादुर आलेले संस्थागत विषयमा गरिएको कुराकानीलाई सञ्चारकर्मीसम्म पुर्याएपछि सरकारले अधिकारीलाई निलम्बिन गरी जाँचबुझ अघि बढाइएको पनि जनाइएको छ ।

आज मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अधिकारीमाथि छानबिन अघिबढाएको जानकारी दिनुभएको हो ।

यसकारले यसअघि अधिकारीले पटक पटक मन्त्रीकै निर्दैशनलाई वेवास्ता गर्दै अधिकारीले संस्थाको हितविपरीत काम गरेको गुनासो पछि सरकारले उनी माथि जाँचबुझ अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.