रविले खोले राष्ट्रिय स्वतन्त्र दल, चुनावी एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
संचारकर्मबाट आम जनमानसमा चर्चित रहनुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ । उहाँले केही दिन अघि संचारकर्म छाडेर राजनीतिमा होमिने घोषणा गर्नुभएको थियो ।

मङ्गलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै रविले आफ्नो नेतृत्वमा स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । यसअघि उहाँ वभिन्नन पार्टीमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला रविले आफ्नै दल खोलेको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा उहाँले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेको बताउनुभयो ।
लामिछानेले देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने योजना सुनाउँदै भन्नुभयो, “यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु ।” यो राजनीति बाटो गाह्रो भए पनि असम्भव छैन ।
लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताउनुभएको छ । त्यस्तै उहाँले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने र पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुने समेत प्रष्ट पार्नुभएको छ।
स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको उहाँले बताउनुभएको छ। स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उहाँको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्