प्रदेशमधेश

पहुँच हुनेले मात्र कोभिड बिरुद्ध खोप लगाउन पाए : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताउँदै ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताउनुभएको छ ।

अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग, आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरूद्धको खोप सुदृढीकरणमा जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सो धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले खोपको पहुँच बढाउन सञ्चालित यो परियोजनाको कामको प्रशंसा गर्नुभयो । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई घरघरमै गएर खोप लगाइँदैछ । बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।

खोप लगाउनबाट वञ्चित भएका एक लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरू गरिएको बताउनुभयो ।—

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button