जन सरोकार

दुई दानवीरले दिए विद्यालय निर्माण गर्न २० कठ्ठा जग्गा

आफ्नै भवन नहुँदा अपाङ्ग बालबालिकाको शिक्षामा ठूलो समस्या भोगिरहेको महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ ।

वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिनुभएको हो ।

नगरप्रमुख कार्कीले वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिनुभएको दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिनुभएको छ । यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.