कला/मनोरन्जनकलिउड

‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ ।

गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ । गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो ।

यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button