राजनीति

स्वतन्त्र उम्मेदवारी अभियानद्वारा रवि लामिछानेको पार्टी बिरुद्ध उजुरी

रवि लामिछाने निर्वाचन आयोगमा दर्ता गर्न लागेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीबिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ ।

रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएको थियो । निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा स्वतन्त्र उम्मेदवारीप्रति भ्र छर्ने काम भएको उल्लेख छ ।

उजुरीमा भनिएको छ, कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button