क्रिकेटखेल

अमेरिका वेस्ट इण्डिजसंग नौ विकेटले पराजित

आईसीसी टी-२० विश्वपकपको आयोजक राष्ट्रमध्येको एक अमेरिका सुपर ८ को दोस्रो खेलमा वेस्ट इण्डिजसंग नौ विकेटले पराजित भएको छ ।

यस खेलमा पराजित भएपछि अमेरिकाको दोस्रो चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । यता यस नतिजाले वेस्ट इण्डिजको सेमिफाइनल पुग्ने आशा जिवित रह्यो ।

केन्सिङ्टन ओवल, ब्रिजटाउन, बार्बाडोसमा वेस्ट इण्डिजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सुरुवातमा ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा १ बल बाँकी सबै विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका एण्डिस गौसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९ र अली खानले १४ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३(३ विकेट लिए ।

जवाफमा १ सय २९ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले ५५ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गर्‍यो । जोनसन चाल्स १५ रन बनाएर आउट भए । साई होप र निकोलस पूरनले २३ रनमा ६३ रनको विस्फोटक अविजित साभरेदारी गरे । पूरन २७ रनमा अविजित रहे । ३९ बलमा नटआउट ८२ रनको इनिङ्स खेलेका होपले ८ छक्का र ४ चौका प्रहार गरे ।

आयोजकका रुपमा पहिलो पटक विश्वपसम्म पुगेको अमेरिकाले समूह चरणमा सानदार प्रदर्शन गर्दै सुपर एटसम्म पुगेको थियो । सुपर एटको आफ्नो पहिलो खेलमा अमेरिका, दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.