जन सरोकार

भूकम्पको नौ वर्षपछि ऐतिहासिक ‘इटाचापा’को पुनःनिर्माण सुरु

विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो ।

सम्पदा महानगर अन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो ।

ऐतिहासिक महत्वको यो सम्पदा रु दुई करोड ४९ लाख ३७ हजारमा मा पुनःनिर्माण थालिएको उहाँले सुनाउनुभयो । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ ।

विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उहाँले बताउनुभयो । ल्हासा–काठाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.