जल/वातावरण

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले कोरोना सङ्क्रमणका कारण उहाँको मृत्यु भएको पुष्टि गर्नुभयो ।

मृतकको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार भैरहेको थियो । डा. पौडेलले मृतक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुभयो ।

दैलेखबाट आएको भोलिपल्टै उहाँको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने खुलेको छैन ।

सम्बन्धित खबर

Back to top button