खेलफूटबल

फुटबल खेलाडी सावित्रा (साम्बा)को उपचार कतारमा हुने

नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा गरिने भएको छ । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो ।

लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहनुभएका भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उहाँको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि शनिबार कतार जानुहुनेछ ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भण्डारी राष्ट्रिय महिला लिग खेल्ने क्रममा पुलिस क्लबविरुद्धको खेलमा घाइते हुनुभएको हो । एपिएफले महिला लिगको उपाधि जित्दा उहाँले १० खेलमा ४३ गोल गर्नुभएको थियो ।

यसअघि पुरुष फुटबल टोलीका सदस्य विक्रम लामा र विमल घर्ती मगरको पनि कतारमै उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.