क्रिकेटखेल

टी २० विश्वकप, भारत लगातार विजयी हुँदा बंगलादेश निरीह

अमेरिका र वेस्ट इण्डिजमाा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर ८ को खेलमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ भने बंगलादेश दुई खेलमै पराजित भएको छ ।

शनिबार राति आफ्नो दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकसहित अलराउन्ड प्रदर्शन गरे ।

सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुवामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो ।

भारतका लागि हार्दिक पाण्ड्याले २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रनमा आउट भए ।

बंगलादेशका तान्जिम हसन, सकिब र ऋषाद होसेनले २-२ विकेट लिए । जवाफमा भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका कप्तान नाज्मुल हसन शान्टोले सर्वाधिक ४० रनको योगदान दिए । तान्जिद हसनले २९ ऋषाद होसेनले २४ रन जोडे । भारतका कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान २-२ विकेट लिए ।

यस हारसँगै बंगलादेशको अघिल्लो चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरे, भारत र अष्ट्रेलिया यो समूहबाट दोस्रो चरणमा प्रवेश गर्ने छन् । अष्ट्रेलिया पराजित भए समूहमा रहेका सबै टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना जिवित रहने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.