कर्पोरेट/पर्यटन

आजबाट अन्तर्राष्ट्रिय उडान- १७ गतेबाट आन्तरिक

कोरोना भाइरस संक्रमणदर कम हुँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संचालन गर्नेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आज (असार १० गते)बाट अन्तर्राष्ट्रिय उडान हुँदैछ भने आन्तरिक १७ गतेदेखि ।

मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४ मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ ।

त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ ।

जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ ।

कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान मन्त्रालयले जनाएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ ।

सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ ।

त्यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ ।

असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button