स्वास्थ्य

कसले फैलायो ‘कोभिसिल्ड’ लगाएकाले दोस्रो मात्रा ‘भेरोसेल’ लगाउँदा अरु प्रभावकारी हुने भ्रामक समाचार

पहिलो मात्रा कोभिसिल्ड लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रामा भेरोसेल लगाउँदा अझ प्रभावकारी हुन्छ भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हवाला दिएर विभिन्न अनलाइनहरुमा समाचारको बाढी आयो । सो समाचार अत्यधिक मात्रामा सेयर गरियो ।

पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेकाहरुलाई त्यो समाचार सुखद पनि थियो । तर डब्लुएचओ सो समाचार आधारहीन भएको स्पष्ट पार्द त्यस्तो सम्भावना नभएको बताएको छ ।

डब्लुएचओले नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको हो ।

डब्लुएचओले एक विज्ञप्ति जारी गरी भनेको छ “पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ” ।

विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।”

डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.