गण्डकीप्रदेश

गण्डकीका मुख्यमन्त्रीलाई जिसस कास्की प्रमुखको ध्यानाकर्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेलले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।

बिहिबार मुख्यमन्त्री पोख्रेल र जिसस प्रमुख पौडेलबीच मुख्य मन्त्री पोख्रेलको कार्यक्षमा भएको भेटघाटमा प्रमुख पौडेलले जिल्ला समन्वय समितिको भुमिकालार्इ प्रभाबकारी बनाउन संविधान बमोजिम जिल्ला सभाको काम, कर्तब्य र अधिकार कार्यान्वयन गर्न आवश्यक कानुन प्रदेश सरकारले निर्माण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

पौडेलले संविधानको धारा २२० (७)(घ) बमोजिम गाउँपालिका र नगरपालिकाबीच समन्बय, सहकार्य र सहजीकरण गर्न आवश्यक ऐन, बिकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने सम्बन्धी ऐन निर्माणको आवश्यकतामाथि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसै गरी पौडेले गैर सरकारी संस्थाहरुबाट संचालित विकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धी ऐन, नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धी ऐन तत्काल निर्माण गर्नुपर्ने भन्दै सो को आवश्यक ब्यबस्था गरिदिन प्रदेश सरकारलाइ आग्रह गर्नुभयो ।

पौडेलले जिल्ला र प्रदेश सरकारबीच समन्वय प्रभावकारी बनाउन गण्डकी प्रदेशमा कानुन अभाव हुँदा काम गर्न कठिनाइ भएको भन्दै जिल्ला समन्वय समितिहरुलार्इ प्रदेश सरकारको तर्फबाट आबश्यक बजेट ब्यबस्थापन गरिदिन पनि आग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्य मन्त्री पोखरेलले विकास प्रभावकारी बनाउन सबल समन्वय आवश्यक पर्ने र सोका लागि अध्ययनपछि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताउनुभयो ।

सो अबसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले मुख्य मन्त्री समक्ष कानुन अभावमा काम गर्नु परेको अवस्थाका कठिनाइ अबगत गराउँदै आवश्यक ऎन कानुन निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button