राजनीति

कानुन बनाउनेहरुले नै कानुन मिचेपछि समाधान कहाँ खोज्ने

प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने भएपछि समाधान कहाँ खोज्ने भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा उहाँले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउँदै सो धारणा राख्नुभएको हो ।

त्यस क्रममा उहाँले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको पनि जानकारी दिनुभएको छ ।

बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरी भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको तथ्य पनि सो क्रममा उहाँले राख्नुभयो ।

अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गर्दै कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था हुने र त्यसका लागि सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.