राजनीति

रास्वपाले तयार पार्‍यो राजदूत नियुक्तिका लागि मापदण्ड, आवेदकबीच प्रतिस्पर्धा गराइने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत नियक्तिका लागि आवश्यक मापदण्ड तय गरेको छ । सरकारमा सहभागी भएको नाताले पार्टीको भागमा परेको राजदूतका लागि रास्वपाले मापदण्ड तयार गरी प्रतिपर्धाबाट चयन गर्ने भएको छ ।

राजदूत चयनका लागि मापदण्ड बनाउन पार्टीले सांसद शिशिर खनालको संयोजकत्वमा सांसद सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले राजदूत सिफारिस मापदण्ड २०८१ तयार गरी सोमबार पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको छ ।

रास्वपाले भागबण्डामा दुई देशका लागि राजदूत पाएको छ।महामन्त्री मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.