खेलविविध

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल उज्वेकिस्तानसँग पराजित

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

पुरुष भलिबल

बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गर्यो ।

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।

यसअघि , नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.