जन सरोकार

माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित सडकमा शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु.१ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका-२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.