जन सरोकार

बैंकिङ कसुर मुद्दाका दुई जना प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका २ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भई ललितपुर महानगरपालिका- २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज र चितवन भरतपुर महानगरपालिका-२४ सुन्दरबस्ती घर भई जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ जेठ १४ गते पक्राउ अनुमति प्राप्त भएका गहतराजलाई काठमाडौं त्रिपुरेश्‍वरबाट र जिल्ला अदालत पोखरा कास्कीबाट २०८० फागुन १ गते पक्राउ अनुमति प्राप्त भएका नेपालीलाई काठमाडौं मनमैजुबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि गहतराजलाई प्रहरी वृत्त मालीगाउँ र नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.