जापान

गल्कोट समाज जापानद्वारा कँडेललाई आर्थिक सहयोग

लामो समयदेखि कलेजोको समस्याबाट जापानकै एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला–३ का करण कँडेललाई गल्कोट समाज जापानले आर्थिक सहायता प्रदान गरेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा केही वर्ष अगाडि जापान पुगेका कँडेल कलेजोले काम गर्न छाडेपछि जापानको टोकियोस्थित अस्पतालमा उपचारत छन् ।

कँडेलको स्वास्थ्यावस्था बिग्रँदै गएको र थप आर्थिक सङ्कट पर्दै गएपछि गल्कोट समाजका अध्यक्ष दिल खत्रीले आर्थिक सहायताका निम्ति एउटा अभियान नै सञ्चालन गर्नुभएको थियो ।

समाजका उपाध्यक्ष डिलाराम निउरेको नेतृत्वले बिरामी र बिरामीका परिवारलाई शुक्रबार भेटी करीब रु साढे चार लाख प्रदान गरेको हो ।

समाजले हाल बाग्लुङ, गल्कोट नगरपालिका–५ स्थित हरिचौरमा ‘गल्कोट आँखा उपचार केन्द्र’का लागि एउटा पक्की भवनसमेत निर्माण गरिरहेको छ ।

सम्बन्धित खबर

Back to top button