स्वास्थ्य

थप दुईहजार चार सय ७६ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३ सय ५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नौ हजार ५ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७ सय २१ र चार हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म आठ हजार ९४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४ सय ५५ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पाँच लाख ७६ हजार ४ सय १३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.