राजनीति

मन्त्री आलेद्वारा पदबाट राजीनामा

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सामेल मन्त्रीहरु हेरफेर गर्न पार्टी अध्यक्षले चालेको कदमबिरुद्ध १० सांसद उभिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजनीमा दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभा संसद्को बैठकबाट बाहिरिने क्रममा उहाँले मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिंदै शुक्रबारको पोलिट्ब्यूरो बैठकमा नै ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको अनुसार त्यसको १५ मिनेट अगाडि नै समयभित्र राजीनामा दिएको बताउनुभयो ।

संचारकर्मीहरुसमक्ष मन्त्री आलेले मन्त्रालय अन्तर्गत उठेका जवाफ फर्काउन परेकोले पार्टीको निर्णय कार्यान्वयनमा केही समय लागेको र अब आफ्नो दायित्व पूरा भएको बताउनुभयो ।

“पार्टीले सांसद बनाउने, मन्त्री बनाउने र निर्देशन बमोजिम फिर्ता हुने हो, निर्णय स्वीकार्य छ भन्दै उहाँले आफ्नो कार्यकालमा राम्रो काम गरेको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button