राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक आइतार प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।

पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो । यो क्रम सकारात्मक रुपमा अघि बढ्दै आएको पार्टी अध्यक्ष ओलीको पक्षबाट एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले बताउदै आउनुभएको थियो ।

यस्तै नेता नेपालको पक्षबाट पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य लगायतका नेताहरुले बताउदै आए पनि पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकेको छैन । यहि अवस्थामा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button