कला/मनोरन्जनकलिउड

मान्छेको मन किन बहुलाउँछ ? (हेर्नुहोस् भिडियो)

गीत संगीत र म्यूजिक भिडियोको क्षेत्रमा आफ्नो अलग्गै पहिचान लिएर आएका रामहरि खड्का अर्को एउटा मनाेरञ्जनात्मक प्रस्तुति सहित मान्छे बहुलाउने कारण लिएर आएका छन् ।

पुराना गीतहरुलाई पनि उच्च प्राथमिकता दिएर म्यूजिक भिडियो मार्फत गीति अभिनयमा हाेमिएका खड्का यसपटक भने गीतकारका रुपमा उपस्थित भएका छन् ।

रोनिस एण्ड ड्याड यूटुब च्यानलबाट सार्वजनिक गरिएको “किन बहुलायो” शीर्षकको गीतमा उनले बालबालिकाहरुलाई वयस्कका रुपमा अभिनय गराएर नौलो प्रयोग समेत गरेका छन् ।

खड्काको शब्दमा प्रताप दासको सुमधुर स्वर रहेको गीतको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतलाई सियोन श्रेष्ठले निर्देशन गरेका छन् भने रोनिश खड्का र आयुषी ढकाल मुख्य कलाकारका रुपमा रहेका छन् ।

निर्मल न्यौपाने निर्माता रहेको म्यूजिक भिडियोमा चक्रबहादुर बरालको छायाङ्कन, शिलान लम्सालको सम्पादन र श्रृङ्गार निरु मानन्धर खड्का र अनिता ग्वाच्छाको रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.