राजनीति
पोखराका स्पाहरूमा नाबालिकाको प्रयोग रोक्न माग
संघीय संसद प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा कास्की क्षेत्र नं. २ का सांसद विद्या भट्टराईले पोखराका स्पाहरूमा नाबालिकाको प्रयोग रोक्न माग गर्नुभएको छ ।
बैठकको शुन्य समयमा बोलदै उहाँले स्पाहरुमा नाबालिकका प्रयोगका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।
उहाँले अछामको छाउगोठमा किशोरी बलात्कृत भएको घटना तथा ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसाका दोषीलाई करवाही गर्न पनि माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्