जल/वातावरण

पेट दुखेर अस्पताल लगिएकी चार वर्षीया बालिकामा कोरोना संक्रमण

भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमणभएको छ ।बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएपछि परीक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको हो

अस्पतालका अनुसार एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको र शनिबार रिपोर्ट आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले दिएको जानकारी अनुसार संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।

मिजारका अनुसार परिवारका सदस्यहरुको केही दिनपछि स्वाब संकलन गरिने र त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज हुनेछ ।

सम्बन्धित खबर

Back to top button