बिचार

प्रकृतिको समस्या सबैतिर उस्तै

नेपालको लागि चुनौति, अबसर की बरदान !

एक्काइसौं शताब्दी दुइ किसिमको सामाजिक लडाई र कठोर प्रकृतिबीच नै अगाडी बढ्ने संकेत देखियो । पुँजीवादी अर्थ व्यवस्था र समाजवादी अर्थव्यवस्था दुवै पक्ष सेन्टरमा आएर सबैको उदेश्य नजिकिदै छ । भलै उदेश्य, रणनीति, कार्यनीति, सिद्दान्त फरक छ । एउटा कुरामा भने खुबै मिलेको छ त्यो हो संसारमा रहेका सबै गरिव देशमा अर्थतन्त्रको बिकास होस, उन्नतहोस । अर्थतन्त्रको विकास हुन हरेक जनताको जीवनस्तर माथी उठ्न जरूरी छ । यसको लागि भौतिक संरचनामा बिकास गर्न जरूरी छ ।

पुँजीबादीहरूको अझ बढी पुँजी बिकास गर्नु स्वार्थ त्यसैले समाजवादी भन्दा राम्रो अर्थव्यवस्था र प्रजातन्त्र सहितको समाजवाद हरेक देशमा स्थापना गर्ने उदेश्य हो । समाजवादीहरूपनि पुँजीबादीहरु रमाउने प्रजातन्त्रको बिकास गर्दै समाजवाद स्थापना संसार भरै स्थापना गर्न सके समाजबाद स्थापना गर्न सकिन्छ भन्ने सोच अगाडि दौडिएको छ । लडाइ धेरै अगाडि बढेको छ तर नेपाल पिछडिएको मुलुक अन्तिमबाट अगाडि आएको देश । हिंङ्ग नभए पनि हिङ्गले वेरीएको टालो भन्ने भनाइ जस्तै हामी सुटुक्क भिख, दान मागेर पजेरो चढ्दै,बाहिर आफुलाई बहादुर भन्न पछि पर्दैनौँ । गफ बढी काम कम आज हिजोको ब्याज खाएर बाचेका नेपाली त हैनौं जस्तो लाग्छ । बिकासमा खुसि नहुने । अस्थिरतामा सहीमा-सही थाप्ने कथित बुद्धिजीवी आदरणीय सदैव स्वामी बनाउन खोजेजस्तो वास्ना बास्तबमा आउछ हुनत मेरो नाक अलि ठुलो छ त्यसैले धेरै सुंघ्न सक्छु की ?

कोरोनाको सन्देश
युरोपबाट छापामार काण्डसुरू गरेर दोस्रो लट एसियामा अट्याक गर्दै हाम्रो नेपालमा आएको कोरोना, एक बर्षको तयारी गर्ने अवसर पाउदा पनि कति सजक भएछन त हँ हाम्रो जनता,नेता ? जानकारी लिदैछ कोरोना स्मार्ट। आज उपरान्त पनि कर्मको फल आ-आफै भोग्ने हो । आफु नगर्नेअरूको मेहनतमा हास्नेहरू लाई पनि बिशेष पाठ अवस्य सिकाउछ । हिजो चाइनीज भाईरस आजभोली इन्डियन भाईरस । दुबै हाम्रा छिमेकी । के यस्तो घट्ना हाम्रै वरीपरी घट्नु हिमालयपर्वतको देश नेपालको लागि चुनौति,अबसर की बरदान ! मौसम फेरिन्छ पातको रङ्ग फेरिन्छन तर प्रकृतिको सुन्दर नियममा परीवर्तन छैन । मानीसको बर्ष फेरिन्छ उमेर थपिन्छ कपालको रङ्ग फेरिन्छ । मानिस कहिलेकाही उल्टो बाटो हिड्छ, उल्टो सोच्छ, मन फेर्छ, गल्ति गर्छ फेरि सुधार्छ सुल्टोबाटो हिड्छ जीवनको सुन्दर परीचय छोडेर जान्छ । कतिपयहरू भने गल्ति सुधार्न लाज मान्नाले, आफैलाइ सानो सोच्नाले सधै भरि उल्टो हिडिरहेका हुन्छन् । यो सुन्दर जीवन पनि वेकार हो भनेर गालि छोडेर जान्छन। यसरीनै चलिरहेको छ …तर कुन बाटो रोज्ने त्यसमा हामी स्वतन्त्र छौ । प्रकृतिको बिनास रोक्न सम्पूर्ण निकासहरू साघुरो नपारौ यसरी सम्पूर्ण मानव जीवनमा नराम्रो प्रभाब पार्दछ ।

प्राकृतिक प्रकोपको बिकसीत रूप र हाम्रो अबिकसीत मानसिकता !! आपतमा मरीमरी काम गर्ने समस्या टरेपछि बिर्सने बानी चरा चुरङ्गीको जस्तै छ । नेपालमा के कुन्नी तर जापानको भनाइ सापटी लिदै प्रस्तुत गर्दछु । त्यो हो तीन पाईला हिडेपछि अघि सुनेको भुल्ने गर्छ रे चराले । प्राकृतिक प्रकोप पृथ्वी भित्र भईरहेको हुन्छ । समय चक्र अनुसार भौगोलिक रूपमा गोलार्ध भित्र रहेपनि बिभीन्न देशको नाम बाट चिनिन्छ । फरक धनि देश बिकसीत मानिने मानब गरीब देश अबिकसीत मानीने मानब । धनि देश बिकसीत मानब बस्ने देशको चरम ज्याजतीले गर्दा सबैभन्दा बढी दुख गरीब मुलुकलले पाईरहेका छन् यो १००% सत्य हो ।

सत्य हो भन्दैमा धनि मुलुक लाई सराप्दैमा मात्र पुग्दैन । चेतनाको बिकास धनि मुलुक होस या गरीब । चेतनाको बिकास गर्न ज़रूरी हुन्छ अरूको लागी हैन आफु र आफ्नो सन्ततीको जिबन रक्षाका लागी । प्रकृतिक प्रकोप बड्दैछ ठुलो रूप लिदैछ । पहिले पहिलेका निकासले पुग्ने बाला छैन । हो नेपालमा बर्षा, बाढी प्रकोप, होला जापानमा भूकम्प,चुनामी, अमेरीकामा आधी बेहरी हुरी यस्तै सबै देशमा केहि न केहि कठिनाई छन्नै । यो पृथ्वी आफै सुरक्षीत छैन भने हाम्रो देश पृथ्वी भित्र रहेका देश सुरक्षीत हुने त कुरा भएन तर पनि साबधानी भए नया टेक्नोलोजी सहि रूपमा उपयोग गरी हामी पनि बिकसीत हुन सक्यौं भने पुर्ब -संकेत पाउने बित्तिकै हामी सबै सुरक्षीत हुने उपाय निकाल्न सक्छौ ।

नेपालमा त झन उल्टो बढी छ । खोला नाला निकास साँघुरिने अबस्था रहेकोले खोलालाई ब्यबस्थित नगरेकाले प्रत्येक बर्ष खोलाले रूप फेर्ने अबसर । जसले गर्दा धेरै वर्षा हुँदा जथाभाबी खोला हिडीदिने । बिचरा गरीब देशको गरीब बस्ती हरेक बर्ष बनाउने तर पनि चेत खादैनम हामी । यो बर्खाले दिएको दुख अर्कों बर्खा आउनु भन्दा पहिलेनै बिर्सीन्छौ ।

कमसेकम जान्न पर्ने कुरा

खोलालाई सही रूपमा बग्न दिने र खोलाको तिरमा ढुंगामा माटो बनाउन नदिन साईडमा ठूला ठुला ढुन्गा राखी अथबा अन्य आधुनिक तरीकाले सुरक्षीत राख्ने । जथाभाई रूख नकाट्ने । दिशा-पिसाब भन्दा पनि ख़तरनाक फोहोर चिज हो प्लास्टिक फोहोर पृथ्वीको लागी । सकिन्छ प्रत्येक बर्ष रूखको मात्रा बढाउने ,प्लास्टिक फोहोर त बाहीर फाल्दै नफाल्ने गरौँ ।यि सबै कुरा चौकिदार बसेर चेक गर्ने कुरा पनि हैन,कसैलाई गाली गरेर उम्कने कुरा पनि हैन । चाहे धनि मुलुक चाहे गरीब मुलुकको जनता होऔं हामी सबै मानबको ज्ञानमा यस्ता सचेतना आप-से-आप आउनु पर्छ ।

अझ हाम्रो मुलुक हिमालय धेरै भएको देश । हामी संग बिशाल हिउंको पहाड छ । तत्काल पृथ्वी तापक्रम बढेकोले हिमालका हिउँहरु पग्लने क्रममा छन् । यसको मललब वर्षामा हिड्ने पानीको मात्रा बढेको छ । ख्याल राख्नु पर्ने र होसीयार हुनुपर्ने कुरा खोलाको निकास घटेको छ । यसको परीणाम हो अबिरल पानी पर्दा घरहरू बगाउने । सचेतनाका काम पहिलेनै गरौ, समयमै होसीयार बनौ र आफु र भाबी सन्ततीहरूलाई निरन्तर सुरक्षीत राखौ,पछि नपछुताऔं ।

लेखक जापानमा रहेर समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

लेखक बाट थप  : बजेटको प्राथमिकतामा : स्वास्थ्य र समृद्धि

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button