जल/वातावरण

मनसुनी वायु सक्रिय : बिहिबारसम्म देशभर मुसलधारे वर्षा

मुलुकका अधिकांश भागमा मनसुन सक्रिय भएको छ । मौसम पुर्वनुमान महाशाखाले मंगलबार विहान जारी गरेको विज्ञप्तीनुसार मंगलबार देखि विहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ ।

अविरल वर्षासँगै नदीहरुमा पानीको सतह बढ्ने भएकाले उच्चसर्तकता अपनाउन बाढी पुर्वनुमान महाशाखाले सूचना जारी गरेको छ । साना ठाडो खोला देखि ठुला नदीहरुमा समेत पानीको सतह बढ्ने जनाएको छ ।

महाशाखाकानुसार हाल देशको प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार (आज) दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बुधबार र विहीबार दिउँसो र राती पनि देशैभर वर्षा हुने महाशाखाकाले जनाएको छ । निरन्तरको वर्षाले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button