राजनीति

वामदेव गौतम आफ्नै पार्टी दर्ता गर्दै

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टी दर्ता गर्ने हुनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको हो ।

गौतमले आजै पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभएको छ ।

पाण्डेका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ । गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लाग्नुभएको हो ।

घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button