जन सरोकार

सूर्यविनायकको रिसोर्टमा युवतीको बलात्कार, एक युवक पक्राउ

भक्तपुरको एक रिसोर्टमामा लगेर एक युवतीको बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई सोही रिसोर्टबाट पक्राउ गरेको छ ।

समाचार अनुसार सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button