कला/मनोरन्जनकलिउड

जातीय विभेदबाट पिल्सिएकाहरुका लागि ‘खुसीका मुहान’ सार्वजनिक

लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो ।

जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।

‘छुटेर गए खुसीको मुहान, जीवन भयो… ’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा…’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गर्नुभएको हो ।

उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.