राजनीति
नेकपा (एस)ले बजेटको पक्षमा मतदान गर्ने
सरकारमा बसे पनि बजेटको विपक्षमा मतदान गर्ने भन्दै बिरोध गरिरहेको नेकपा (एकीकृत समाजवादी)ले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।
यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने जनाउँदै आउनुभएको थियो ।
प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०/८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।
प्रतिक्रिया राख्नुहोस्