राजनीति

“अब उहाँहरु प्रधानमन्त्री बनेर थप गुण लगाउनु पर्दैन”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको दावेदार रहेको स्पष्ट पार्नुभएको छ । कान्तिपुर टेलिभिजनको “इट्स माइ सो”मा महामन्त्री थापाले सो दावी गर्नुभएको हो ।

नेकपा समाजवादीकी नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीसंगै कार्यक्रममा पुग्नुभएका थापाले दशकौंदेखि एक दर्जन नेताको वरिपरी देश घुमिरहेका कारण सोचे जस्तो प्रगति नभएको भन्दै अब नयाँ पुस्ताले देश हाक्नुपर्ने बताउनुभएको हो ।

उहाँले काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा बालेन साहको विजयले पार्टीहरुलाई धक्का दिएको बताउँदै थापाले बलेनको विजय पाँच वर्षमा गर्ने कार्यक्रमहरुको योजना रहेको बताउनुभयो ।

उहाँले अब जनताले विगतमा यो गरेको र उसो गरेको तथा फलानाले विगारेको भनेर मात्रै भोट नपाइने स्पष्ट पार्दै आगामी पाँच वर्षभित्र गर्ने कार्यक्रमहरुको सूची लिएर जनतामा नगए जनताले विश्वास नगर्ने पनि बताउनुभयो ।

आफ्नो सक्रिय राजनीतिक जीवनको एक दशक मात्र बाँकी रहेको र अब आफूले देशलाई हाँक्ने आकांक्षा मात्रै रहेको बताउँदै थापाले अब पटकपटक प्रधानमन्त्री भैसकेका नेताहरुले सत्ता प्राप्तिको खेलबाट ससम्मान विदा लिएर नयाँ पुस्ताबीच प्रतिस्पर्धा गराउन बाटो खोल्नुपर्ने पनि बताउनुभएको छ ।

महामन्त्री थापाले २०४६ सालदेखि अहिलेसम्म केही नेताहरुको वरिपरी राजनीति घुमेको बताउँदै अब पटकपटक प्रधानमन्त्री बनिसकेका नेताहरुलाई फेरि प्रधानमन्त्री बनेर देशलाई थप गुण लगाउनु आवश्यक नभएको व्यंग्य गर्दै आफू जस्तै अरु पार्टीका नेताहरु पनि प्रधानमन्त्रीका लागि तयार हुनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button