जन सरोकारस्वास्थ्य

भारतमा बढेसंगै नेपालमा पनि बढ्न थाल्यो संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै नेपालमा पनि वृद्धि भएको छ । केही दिनयता बढिरहेको संक्रमितको संख्यामा आज अरु बढोत्तरी आएर ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।

एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button