जन सरोकार

टर्दै अनिकालको सम्भावना : जताबाट आएको थियो उतै फर्कन खोज्दै सलह

कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएर आर्थिक अवस्था चौपट बन्दैगएको नेपालमा खेतीबाली नष्ट गर्ने सलह भित्रिएको चिन्ता अब टर्दै गएको छ । विज्ञहरुका अनुसार दुई दिनसम्म नेपालका विभिन्न स्थानमा जम्मा भएको सलह जताबाट आएको उतै जाने तयारीमा रहेका छन् ।

दैनिक १२ घन्टासम्म उड्न सक्ने सलह नेपालमा भने लामो समय उड्न नसकेको पाइएको विज्ञहरूले बताएका छन् । सलहको प्राकृतिक बासस्थान भारत, पाकिस्तान र अफ्रिकाको मरुभूमि भएकाले सलह त्यता जान खोजिरहे पनि हावाको बहावको कारणले त्यता सहजै फर्कन नसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुुभयो ।

हुमागाईंका अनुसार नेपालमा सलह हावासँगै बगेर आए पनि नेपालको हावापानी सलहको रुचिको बासस्थान नभएको र प्रारम्भिक अध्ययनबाट ‘हावाको बहावसँगै प्राकृतिक बासस्थानमा जान सलहले ठाउँ खोजिरहेको देखिन्छ ।

सलहले एक घन्टामा १० देखि १५ किलोमिटरको यात्रा गर्ने र दैनिक १२ घन्टासम्म उडान भर्ने क्षमता राख्छ तर नेपालमा प्रवेश गरेको सलहको झुण्डले एकदेखि दुई घन्टाको उडेपछि पुनः बस्ने गरेको पाइएको हुमागाईंले बताउनुुभयो ।

उहाँले अरु देशमा सलह उड्ने प्रकृति र नेपालमा फरक छ । शनिबार पूर्वी नेपालबाट प्रवेश गरेको सलह केही घन्टामा तितरबितर भए पनि आइतबार रुपन्देहीको कपिलवस्तुमा नयाँ झुण्ड प्रवेश गरेर किसानको अन्नबालीमा क्षति हुमागाईंले बताउनुभयो ।

शनिबार सर्लाहीबाट प्रवेश गरेको झुण्ड बारा, पर्सा, मकवानपुर हुँदै महाभारत पर्वत शृङ्खलाको क्षेत्रहरूमा प्रवेश गरेको हुँमागाईंले बताउनुयो । सर्लाहीको झुण्ड काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको क्षेत्रमा समेत देखिएको हो ।

सिन्धुलीको भिमान, त्यसपछि चियाबारी क्षेत्रमा देखिएको सलह काभ्रेको पाँचखाल हुँदै मण्डनदेउपुरबाट मेलम्ची नगरपालिकातर्फ लागेको मण्डनदेउपुर–७ का काभ्रेपलाञ्चोकका कृषक शम्भु पराजुलीले बताउनुुभयो । कृषक पराजुलीले सलह हवाईजहाज उडेजसरी १८ सय मिटरसम्मको उचाइमा उडेको आफूले देखेको बताउनुभयो ।

सलहको केही समूह टुक्रिएर पाँचखाल नगरपालिका क्षेत्रमा समेत देखिएको प्रताप तामाङले बताउनुभयो । सलह देखिएपछि रोप्न ठिक्क पारेको धानको बीउमा नजिकै थाल ठटाउने गर्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.