राजनीति

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्न प्रचण्डसहित १८ नेताको दवाव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई भारत र नेपालकै केही नेताहरु मिलेर प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएपछि पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत १८ नेताले दुबै पदबाट राजीनामा गर्न दवाव दिएका छन् ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र नेपालकै नेताहरु लागिपरेको बताएपछि यसलाई लिएर नेकपाकै नेताहरुले ओलीमाथि प्रश्न गर्दै ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गर्दै राजीनामा गर्न आग्रह गरेका हुन् ।

ओलीलाई राजीनाम दिन आग्रह गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्य रहेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार

पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनु भयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरुले राखेको र अरु स्थायी कमिटी सदस्यले पनि त्यही धारणा राखेका थिए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराउनुभएको थियो भने प्रधानमन्त्री ओलीले जवाफ दिनुभएको थियो ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीका शीर्ष छ जना नेताहरुबीच सोमबार गोप्य बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यताउता नगर्ने बताउँदै विगतमा ओलीले कुनै कुनै नेतालाई आश्वासन दिएर एकता टुटाइदिएको कारण यसपटक त्यसो हुन नदिने प्रतिवद्धता जनाएका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बसेर त्यस्तो लिखित सहमति गरेका थिए । जसमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सम्मको विषय रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.