जन सरोकारस्वास्थ्य

कोरोना निको भैसकेपछि झर्को लाग्ने, थकाइ लाग्ने, धडकन बढ्ने त भएको छैन ?

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बिरामी भएकाहरु निको भएको लामो समयसम्म पनि विभिन्न किमिसका शारीरिक समस्याहरु देखिएका छन् ।

कोरोना रिपोर्ट नकारात्मक आएर त्यसको कुनै संकेत नदेखिए पनि कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् ।

कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जान सक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक परीक्षण तथा परामर्श लिन आह्वान गरेका छन् ।

नर्भिक इन्टरनेसनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिस्ट डा जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको बताउँदै कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्यासमेत बढ्न थालेको बताउनुहुन्छ ।

डा जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्छ ।

थोरै समय हिँड्दा नै स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाइ लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्नेजस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।

डा जैसवालका अनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जान सक्छ। कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button