राजनीति

मानवअधिकार आयोगमा मन्त्री श्रेष्ठको बयान- गल्ती भयो

रुपा सुनारलाई जातकै आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी महिलालाई हिरासतबाट आफ्नो गाडीमा घरसम्म पुयाएपछि जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफूबाट गल्ती भएका स्वीकार्नुभएको छ ।

बुधबार राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुसंगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिनुभएको थियो । यस विषयमा प्रधानमन्त्री केपी ओलीले पनि उहाँलाई सचेत पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button