राजनीति

बालिकालाई कांग्रेस नेता पौडेलको सहयोग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेललेरु दश हजार आर्थिक सहयोग गर्नुभएको हो ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाउनुभएको हो ।

नेपाली कांग्रेसका युवा नेता देव रसाइलीमार्फत् पौडेलले ती बालिकाका परिवारलाई रकम पठाउनुभएको हो । सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा यही असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो । बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।

बालिकाको उपचारारर्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैंक लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button