राजनीति

सभापति देउवालाई दवाव दिने शेखर पक्षको तयारी

नेपाली कांग्रेसको संस्थापन पक्षको कार्यशैलीबाट असन्तुष्ट रहँदै आउनुभएका डा. शेखर कोइरालाले बिहिबार आफू पक्षीय नेताहरुको बैठक बोलाउनुभएको छ ।

पार्टी महाधिवेशन सकिएको आधा वर्ष बितिसक्दा पनि पार्टी पार्टी सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने र दबाव बढाउने रणनीति अनुसार बैठक डाकिएको हो

डा. कोइराला निकट नेता चन्द्र भण्डारीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको जानकारी दिनुभयो । बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button