एन आर एन न्युज

अक्टोबरमा एनआरएनएको महाधिवेशन- सात सदस्यीय निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो ।

समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) रहनुभएको छ । त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल (कतार), चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार (अमेरिका) तथा सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहनुभएको सङ्घको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button