जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, सुन्दरहरैचा नगरपालिका-३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, बबई गाउँपालिका-४ घर भई हाल बंगलाचुली गाउँपालिका-५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कमिरेचौरबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.