जन सरोकार

पोखरामा पनि जडान भो थोत्रा नोटबाट ब्रिकेट बनाउने मेसिन

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनले नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने छ ।

मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ ।

कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो ।

बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button