जन सरोकार
नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध
नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिबार राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले पहिरो पञ्छाउने तयारी भइरहेको जनाएको छ ।
पहिरामा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उहाँले बताउनुभयो ।
सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्